अहिलेसम्मकै सबैभन्दा तातो दिन

नेपालखोज २०८० असार २२ गते ७:२९

गएको सोमबार अर्थात असार १८ गते ९ ३ जुलाई ० इतिहासकै सबैभन्दा तातो दिन भएको बैज्ञानिकहरुले बताएका छन् । अमेरिकाको मौसम विभागले प्रारम्भिक तथ्यांकअनुसार सोमबारको तापक्रम औसतभन्दा १७ डिग्री सेल्सियसले बढी रहेको र यो पहिलो पटक भएको बताएको छ ।

युएस नेशनल ओशिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन ९ल्इब्ब्० ले असार १८ गते पृथ्वीको सतहमा औसत हावाको तापक्रम १७।०१ डिग्री सेल्सियस रेकर्ड गरेको थियो । यसअघिको कीर्तिमान १६।९२ डिग्री सेल्सियस थियो जुन गत वर्ष जुलाई २४ मा रेकर्ड गरिएको थियो ।

एनओएएको नेशनल सेन्टर फर इन्भाइरोन्मेन्टल प्रिडिक्शनले सन् १९७९ देखि रेकर्ड गरेको तापक्रम सम्बन्धि तथ्यांकले यो तथ्यांकलाई पुष्टि गर्छ ।

विश्वको औसत हावाको तापक्रम वर्षको कुनै पनि दिन १२ डिग्री सेल्सियसदेखि १७ डिग्री सेल्सियसभन्दा थोरै कम हुन्छ। १९७९ र २००० को बीचमा यसको औसत १६।२ डिग्री सेल्सियस थियो ।

यद्यपि १७।०१ डिग्री सेल्सियसको तथ्याङ्क अन्य मूल्याङ्कनबाट पुष्टि हुन बाँकी छ तर वैज्ञानिकहरूले उत्तरी गोलार्धमा गर्मीको सुरुवातसँगै यो रेकर्ड तोडिन सकिने बताएका छन् । सामान्यतया, विश्वव्यापी औसत हावाको तापक्रम जुलाईको अन्त्य वा अगस्टको सुरुसम्म निरन्तर बढ्छ । गत महिना पनि तापक्रममा नयाँ कीर्तिमान कायम भएको थियो । युरोपेली संघको कोपर्निकस मौसम विज्ञान केन्द्रले जुनको सुरुमा सबैभन्दा उच्च तापक्रम रेकर्ड गरेको थियो।

यता विश्व मौसम विज्ञान संगठनले प्रशान्त महासागरमा एल निनोको प्रभाव जारी रहेको जनाएको छ अर्थात् आगामी वर्षसम्म तापक्रमले नयाँ कीर्तिमान बनाउन सक्छ ।

अप्रत्याशित गर्मी

जीवाश्म इन्धन जलाउँदा वार्षिक ४० अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन हुने भएकाले मानवीय गतिविधिका कारण तापक्रम बढ्ने क्रम जारी रहने वैज्ञानिकहरूले बताएका छन् । विश्वका विभिन्न भागमा गर्मीको लहर जारी छ । अमेरिकाको दक्षिणी भागहरू अभूतपूर्व गर्मीको प्रकोपको सामना गरिरहेका छन्। चीनमा गर्मीको लहर जारी छ र धेरै ठाउँमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि छ।

उत्तर अफ्रिकामा तापक्रम ५० डिग्री पुगेको छ । जाडो मौसम भए पनि अन्टार्कटिकाले पनि उच्च तापक्रमको सामना गरिरहेको छ।

बेलायतको इम्पेरियल कलेजको ग्रान्थम इन्स्टिच्युट फर क्लाइमेट चेन्ज एण्ड इन्भाइरोमेन्टका जलवायु वैज्ञानिक फ्रेडरिक ओटोका अनुसार ( यो एउटा यस्तो कोशेढुङ्गा हो जसलाई पार गर्दा हामी कोहिखुसी हुँदैनौं । उनले भने, यो जनता र पर्यावरण प्रणालीका लागि मृत्युदण्ड हो।
दुर्भाग्यवश नयाँ रेकर्डहरूको लामो सूचीमा यो एउटा मात्र रेकर्ड हो जसलाई बढ्दो उत्सर्जन र हरितगृह ग्यासहरूले एल निनोसँग मिसिएर नयाँ उचाइमा धकेलेको छ ।

फर्कियो एल निनो

गएको मंगलबार संयुक्त राष्ट्र मौसम संगठन ९ध्ःइ० ले एल निनो फिर्ता भएको बताएको थियो । यसको पूर्वानुमान विगत केही सातादेखि गरिँदै आएको थियो र त्यसलाइ जल तथा मौसम विज्ञान विभागले पुष्टि गरेको छ ।

डब्लुएमओले धेरै वर्षयता पहिलो पटक प्रशान्त महासागरमा एल निनोको प्रभाव निरन्तर कायम रहेको बताएको छ । यो वर्षको दोस्रो त्रैमासमा यसको प्रभाव देखिने सम्भावना ९० प्रतिशत रहेको संस्थाले जनाएको छ । यद्यपि यो प्रभाव कति गम्भीर हुन्छ भन्ने कुरा अनुमान गर्न गाह्रो छ।

एल निनो एउटा मौसमी घटना हो जुन हरेक केहि वर्षमा एक पटक हुन्छ। यो तब हुन्छ जब पूर्वी प्रशान्त महासागरमा पानीको माथिल्लो तह तातो हुन्छ । डब्लुएमओका अनुसार उक्त क्षेत्रको औसत तापक्रम फेब्रुअरीमा ०।४४ डिग्री सेल्सियसबाट जुनको मध्यमा ०।९ डिग्री सेल्सियस पुगेको थियो।
AP / AFP

प्रतिक्रिया