मृत भेटिए अभिनेता सारुक ताम्राकार
नेपालखोज
२०८० असार २२ गते ८:००

काठमाडाैं । अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन् । उनी काठमाडौं रातोपुलस्थित घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएकाे छ ।
ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
सारुकले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचेमा’ अभिनय गरेका छन् भने हाल ‘ह्यासट्याग माया’ माफिल्म छायांकन भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया