आइतबार, जेठ ६, २०८१

सातामा १७ अर्ब ८६ करोड छ लाख रुपैंयाँको सेयर किनबेच

नेपालखोज २०८० असार २२ गते १२:२८

काठमाडौं । यो साता नेप्से दुई हजार ४९ दशमलव ३८ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८२ दशमलव १६ अंकमा सिमित भएको छ ।

यो साता नेप्सेमा दुुई सय ८६ वटा कम्पनीहरुको दुई लाख ६६ हजार छ सय ९८ पटकको कारोबारमा चार करोड ५० लाख ३८ हजार २३ कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम १७ अर्ब ८६ करोड छ लाख ८५ हजार एक सय ३४ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा कम हो ।

गत साता भने नेप्सेमा दुुई सय ८० वटा कम्पनीहरुको तीन लाख २६ हजार नौं सय ६४ पटकको कारोबारमा पाँच करोड ३१ लाख पाँच हजार १० कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम २३ अर्ब २५ करोड १४ लाख आठ हजार नौं सय ५७ रुपैंयाँ पुगेको थियो । यो साता पाँच दिन नैं खुलेको नेप्से तेस्रो दिन बढेपनि बाँकी दिनहरुमा भने घटेको थियो ।

सो मध्ये पहिलो दिन ५३ दशमलव ७० अंकले घटेर दुई हजार ९७ दशमलव २९ अंकमा सिमित भएको नेप्से अन्तिम कारोबार दिन पनि शुन्य दशमलव शुन्य छ अंकले घटेर दुई हजार ४९ दशमलव ३८ अंकमा सिमित हुन पुगेको थियो ।

यसैगरी पहिलो दिन १२ दशमलव २३ अंकले घटेर तीन सय ९० दशमलव ५२ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन पनि शुन्य दशमलव ५८ अंकले घटेर तीन सय ८२ दशमलव १६ अंकमा सिमित हुन पुगेको थियो । यि बाहेकका बाँकी दिनहरुमा तेस्रो दिन नेप्से बढेपनि बाँकी दिनहरुमा नेप्से घटेको थियो ।

कारोबार भएका कम्पनीहरु मध्ये यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया