शनिबार, जेठ ५, २०८१

राजश्व बुझ्ने प्रयोजनको लागि बिदाको दिन पनि बैंकहरु खुल्ने

नेपालखोज २०८० असार २२ गते १४:४०

काठमाडौं । सरकारलाई यतिखेर असार मसान्तको चटारो परेको छ । चालु आर्थिक बर्ष सकिनै लाग्दा सरकारले राष्ट्र बैंकमाफर्त राजश्व बुझने प्रयोजनको लागि सार्वजनिक बिदाका दिनहरुमा पनि बैंकहरु खुल्ला राख्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले शुक्रबार सुचना जारी गर्दे अर्थमन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको अनुरोध बमोजिम राजश्व बुझ्ने प्रयोजनको लागि बिदाका दिनहरुमा पनि बैंकहरु खुल्ला राख्न निर्देशन दिएको हो ।

निर्देशन अनुसार राजश्व संकलन, चेक क्लियरिङ, बिद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट प्रयोजनको लागि यही असार २४ गते, यही असार २३ गते र यही असार ३० गते बिदाका दिन समेत राती आठ बजेसम्म र असार ३१ गते बेलुका सात बजेसम्म राजश्व कारोबार गर्ने सम्पुर्ण बैंकहरु, चेक क्लियरिङ एवं बिद्युतीय रकम ट्रान्सफर (इएफटी) को फण्ड सेटलमेन्ट गर्ने बैंक तथा वित्तीय संस्थाहरुका साथै नेपाल क्लियरिङ हाउस पनि खुल्ला रहने छ ।

प्रतिक्रिया