संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरेकाे भन्दै कोसी सरकारविरुद्ध सर्वोच्चमा रिट
नेपालखोज
२०८० असार २२ गते १६:०९

काठमाडाैं । संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरेकाे भन्दै कोसी सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ ।
निवर्तमान मुख्यमन्त्रीसमेत रहेका कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार रिट दर्ता गराएका हुन् ।
संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्ति भएका कारण यो प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएकाे जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया