सोमबार, वैशाख १७, २०८१

पोखरामा ६० प्रतिशत रोपाइँ

नेपालखोज २०८० असार २५ गते १०:५३

गण्डकी । पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

महानगर भित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही स्थानमा रोपाइँ हुन नसकेको महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

पोखराको फेवातालको सिरान पामे, अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका खराने, सिसुवा, पटनेरी, गगनगौँडा, बेलबुटे, मालमूल, सुरौदीलगायतका स्थानमा रोपाइँ सकिएको छ ।

पर्याप्त पानी नपरेका कारण राम्रोसँग मूल नफुट्दा तारकाङ, कालिका, माझठाना, आँगेटारी, खुर्वादी, अम्टारी, हिलेपोखरीलगायत स्थानका टारी खेतमा अझै अपेक्षित रोपाइँ हुन नसकेको कृषक बताउँछन् ।

पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र १० हजार किलो पोखरेली जेठोबूढो धानको बीउ कृषकलाई वितरण गरेको गरेको थियो । विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार किलो पोखरेली जेठोबूढो धानको बीउ वितरण गरिएको हो ।

प्रतिक्रिया