सोमबार, वैशाख १७, २०८१

ब्राउन सुगर सहित ५ जना पक्राउ

नेपालखोज २०८० असार २५ गते ११:०२

झापा । झापाको दमक नगरपालिका-१ स्थितबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका साढे ९ बजे लागु औषध ब्राउन सुगर बिक्री वितरण भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अवस्थामा ५ ग्राम ब्राउन सुगर फेला पारेसँगै २० वर्षीय शैलेश कुमार मगर, २३ वर्षीय एनोस राई, दमक २ का २८ वर्षीय मदन बहादुर मगर, २५ वर्षीय हेम श्रेष्ठ र दमक ६ का २० वर्षीय अन्जान मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको छ

प्रतिक्रिया