आइतबार, वैशाख २३, २०८१

टिभिएस आपचे आरआर ३१० मार्फत २४ घण्टाको नयाँ किर्तिमान

नेपालखोज २०८० असार २५ गते १८:३५

काठमाडौं । आफू भित्रको रेसिंग डिएनए प्रस्तुत गर्दै र रेसट्रयाकहरूमा आफ्नो प्रभुत्व जमाउँदैै, विश्वव्यापी रूपमा दुई र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता टिभिएस मोटर कम्पनीले आपोलो आल्फा एच१ टायर्स सुसज्जित टिभिएस आपचे आरआर ३१० मोटरसाइकलमार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड ईन्ड्योरेन्सको किर्तिमान कायम गरेको छ । २४ घण्टे स्पिड ईन्ड्योरेन्स चुनौतीको भागका रूपमा, कम्पनीले एनएट्रयाक्स (एशियाकै सबैभन्दा लामो हाईस्पीड ट्रयाक–एफएमएससीआईद्वारा प्रमाणित), इन्दौरमा ३,६५७.९२ केएमएसको यो किर्तिमान कायम गरेको हो ।

टिभिएस रेसिङद्वारा अदृतीय ट्रयाक वेपनकारपमा निर्माण गरिएको टिभिएस आपाचे आरआर ३१०, यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ । १७३ किलोमिटर प्रति घण्टाको अधिकतम गति र १५२ किमी प्रति घण्टाको औसत गतिका साथ टिभिएस आपाचे आरआर ३१० ले रेसट्रयाकमा आफ्नो प्रभुत्व प्रमाणित गर्दै आफ्नो विश्वसनियता तथा सुदृढ गरेको हो ।

कम्पनीको ‘ट्रयाक टू रोड’ दर्शनको प्रवद्र्धन गर्दै, टिभिएस आपाचे सिरिजले भर्खरै ५० लाख विश्वव्यापी बिक्रीको महत्वपूर्ण कोशेढुङ्गा प्राप्त गर्न सफल भएको छ । यसले विश्वव्यापी ग्राहकहरूको विश्वास र वफादारी कमाउँदै सबैभन्दा तिब्र गतिमा बृद्धि हात पार्न सफल प्रिमियम मोटरसाइकलका रूपमा कम्पनीको प्रतिष्ठालाई नयाँ उँचाई प्रदान गरेको छ ।

‘यो सफलता नवीनता र कार्यसम्पादनप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रमाण हो । टिभिएस आपचे आरआर ३१०द्वारा ट्रयाकमा प्रस्तुत असाधारण कार्यसम्पादनले यसको अत्याधुनिक प्रविधि र अटल विश्वसनीयताको प्रमाण दिन्छ । यो हामी सबका लागि गर्वको क्षण हो ।’ प्राप्त उल्लेखनिय माइलस्टोनका बारेमा बोल्दै विमल सुम्ब्ली, हेड बिजनेस ( प्रिमियम टिभिएस मोटर कम्पनीले भने, ‘यो कीर्तिमानी उपलब्धिले टिभिएस आपाचेलाई मोटरसाइकलको संसारमा एक सच्चा च्याम्पियनको रूपमा स्थापित गरिदिएको छ ।’

प्रतिक्रिया