आइतबार, वैशाख १६, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार २५ गते २२:५७

ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सिआइबीको आग्रह ।

वीरेन्द्र जैसीले अनशन तोडे, उपचारको जिम्मा लिने गृहमन्त्रीको प्रतिबद्धता ।

बैतडीमा बस दुर्घटनामा परी एक जनाको मृत्यु, २६ जनाको अवस्था गम्भीर ।

विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ ।

पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो ।

एक खर्ब ४३ अर्ब सामा निर्यात हुँदा, १४ खर्ब ८० अर्बको आयात, व्यापार घाटा १३ खर्ब ३७ अर्ब ।

११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब विप्रेषण ।

सोमबार तीन अर्ब ७९ करोडको सेयर किनबेच ।

उत्तर भारतमा बाढीपहिरो, २९ जनाको मृत्यु ।

एसियाडको तयारीका नेपाली महिला टोली बंगलादेश प्रस्थान ।

प्रतिक्रिया