आइतबार, वैशाख १६, २०८१

‘सफल हुन चाहनेले राम्रो समयको प्रतीक्षा गर्दैन’

नेपालखोज २०८० असार २६ गते ५:३५

यदि सफल हुन चाहनुहुन्छ भने राम्रो समयको प्रतीक्षा नगर्नुहोस्, तुरुन्तै काम गर्न सुरु गर्नुहोस् । किनभने आजनै सबैभन्दा उत्तम समय हो ।

अवसरको पर्खाइमा बस्नेहरूले पछि पछुताउनु पर्ने हुन सक्छ । आफ्नो क्षमता र दक्षताभन्दा बढी काम कहिल्यै नलिनुहोस् अन्यथा समस्यासँगै असफलताको सम्भावना पनि बढ्छ ।

आफ्नो क्षमता र दक्षतामा विश्वास गर्नेहरू अवश्य अगाडि बढ्छन् । आफ्नो क्षमता र दक्षताभन्दा बढी काम हातमा लिनु भनेको समस्यासँगै असफलताको सम्भावना पनि बढाउनु हो ।

जीवन अनमोल छ । बितेको समय फिर्ता आउँदैन, त्यसैले एक पल पनि व्यर्थको काममा बिताउनु हुँदैन। अन्यथा समय बितेपछि निराश हुनुपर्ने हुन्छ ।

एउटा निराश व्यक्ति असफलता पछि हार माछ र रोकिन्छ तर एउटा सकारात्मक व्यक्ति त्यसबाट सिकेर अगाडि बढ्छ र लक्ष्य प्राप्त गर्छ ।

स-साना सफलता र असफलता ठूलो लक्ष्य को भाग हो । त्यसैले असफल हुँदा निराश हुनुहुँदैन भने सफल भएपछि पनि रोकिनुहुँदैन , अगाडि बढिरहनुपर्छ ।

राम्रो अवसरका लागि कहिल्यै पर्खनु हुँदैन, किनभने आज नै उत्तम अवसर हो । सफलता चाहने हो भने तुरुन्तै काम सुरु गर्नुपर्छ ।

प्रतिक्रिया