आइतबार, वैशाख १६, २०८१

तनाव महसुस हुँदा गर्न सकिने क्रियाकलाप

नेपालखोज २०८० असार २६ गते ७:५९

• लामो लामो स्वास करिब १० पटक फेर्नुहोस् र सासलाई अनुभव पनि गर्नुहोस् ।

• आँखा बन्द गर्नुहोस् र १० सम्म विस्तारै गन्नुहोस् ।

• १०, १५ पटकसम्म उफ्र्ने, दौड्ने जस्तो खुट्टा चलाउनुहोस् ।

• १ देखि ४ गनेर स्वास तान्ने, १ देखि ८ गनेर रोक्ने र १ देखि १६ गनेर विस्तारै स्वास फाल्ने गर्नुहोस् र स्वासलाई अनुभव पनि गर्नुहोस् ।

• कुनै पनि वस्तुलाई एकटक लगाएर करिब १०, १५ मिनेट हेरिरहनुहोस् । 

• खुट्टादेखि पूरै शरीरमा आफ्नै हातका चारओटा औँलाले प्याट प्याट थपथपाउनुहोस् ।

• बालबालिकासँग खेल्ने दौडने, उफ्रिने, लडिबुडी गर्ने, हाँस्ने गर्नुहोस् ।

• दुःख, चिन्ता, अरूले दिएको पीडा सम्झेर कराउने, जोडले चिच्याउने वा दिल खोलेर रुनुहोस् ।

• टाउको सिधा गरेर आँखाको नानीले अङ्ग्रेजीको आठ बनाउनुहोस् । यो क्रिया १० पटक गर्नुहोस् ।

• आफ्नो समस्या परिवार छिमेक वा साथी कुनै एक विश्वासिलो व्यक्तिलाई बताउने तथा सल्लाह लिने गर्नुहोस् ।

स्रोत : युनिसेफ नेपाल

यो लेखमा उल्लेखित सल्लाह – सुझाव सामान्य जानकारी दिने उद्देश्यले प्रस्तुत गरिएका हुन् । यसलाई व्यावसायिक चिकित्सा सल्लाहका रूपमा लिनु हुँदैन । यदि यस बिषयमा कुनै प्रश्न वा चिन्ता छ भने चिकित्सकसँग प्रत्यक्ष परामर्श गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया