सोमबार, वैशाख १७, २०८१

हेलिकोप्टर दुर्घटनाको अध्ययनका लागि छानबिन समिति बनाइने

नेपालखोज २०८० असार २६ गते १७:३६

काठमाडाैं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । ६ जनाको ज्यान जानेगरी मंगलबार भएको मनाङ एयरको हेलिकाेप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने भएको हाे ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकाेप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त हेलिकाेप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ । 

सोही दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने संस्कृति संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले जानकारी दिए । 

मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने बताएका हुन् । उनका अनुसार मंगलबार वा बुधबारसम्ममा छानबिन समिति गठन गरिनेछ । 
 

प्रतिक्रिया