सोमबार, वैशाख १७, २०८१

मेडिकल व्यवसायीलाई हत्या गर्ने धम्की दिई फिरौती माग गर्ने पक्राउ

नेपालखोज २०८० असार २६ गते १८:०२

काठमाडौं । मेडिकल व्यवसायीलाई हत्या गर्ने धम्की दिई ३० करोड रुपैयाँ फिरौती माग गरेको अभियोगमा खोटाङ राहबेशी गाउँपालिका-१ राहबेशी घर भई काठमाडौं महानगरपालिका-४ चुनदेबी बस्ने ४० वर्षीय रमेश कुमार गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रवेश लामाको नामबाट फोन गरी हत्या गर्नको लागि योजना बनि सकेको र सुरक्षित हुन चाहनु हुन्छ रकम दिनुपर्ने भन्दै मेडिकल व्यवसायीलाई असार १३ गतेदेखि पटक/पटक एसएमएस समेत गरी उक्त रकम माग गरेकोमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महाराजगंजबाट फिरौती रकम लिन आएको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा थप अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

प्रतिक्रिया