मंगलबार, वैशाख २५, २०८१

कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश

नेपालखोज २०८० असार २७ गते १९:१९

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलाशले यस्तो आदेश दिएको हो । सर्वोच्लले प्रदेश सरकारसँग लिखित जवाफ समेत मागेको छ ।

रिटमा नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको थियो ।

सरकार गठनका लागि चाहिने ४७ सांसद संख्या गौतमको हस्ताक्षरसमेतलाई जोडेपछि एमालेले प्रचलित संसदीय मूल्य मान्यता र धारा १८६ को उल्लंघन भएको भन्दै थापालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च गएको थियो ।

प्रतिक्रिया