मंगलबार, वैशाख १८, २०८१

रुद्राभिषेकको लाभ !

नेपालखोज २०८० असार २८ गते ५:३२

भगवान् शिवलाई प्रसन्न तुल्याउन तथा आफ्नो मनोकामाना पुरा गर्न रुद्राभिषेक गरिन्छ । रुद्राभिषेक गराउँदा कष्ट, रोग तथा दोषबाट त मुक्ति मिल्छ नै भगवान् शिवले पनि आफ्नो भक्त प्रति कृपा बर्साउँछन् । कतिपय समयमा हामीलाई काममा सफलता प्राप्त भइरहेको हुँदैन, मनमा निराशाले डेरा जमाउँछ । जब हाम्रा हर काम असफल हुन थाल्छन् तब त्रिकालदर्शी भगवान् शिवको शरण परेर हामी आफ्ना समस्याको समाधान खोज्न सक्छौं ।

रुद्राभिषेक के हो, यसबाट के लाभ हुन्छ तथा यसको महत्त्व कस्तो छ रु छोटकरीमा जानकारी लिउँ :

रुद्राभिषेक रुद्र र अभिषेक दुई शब्द मिलेर बनेको छ । रुद्र भगवान् शिवकै एउटा नाम ह‍ो भने ​अभिषेकको अर्थ स्नान गराउनु हो । यसरी रुद्राभिषेकको अ​र्थ हुन्छ( भगवान् शिवको अभिषेक । साउनमा भगवान् शिवलाई प्रसन्न तुल्याउन रुद्राभिषेक गरिन्छ । साउन महिना वा जुनदिन शिवको बास हुन्छ त्यो दिन रुद्राभिषेक गराउन सकिन्छ ।

रुद्राभिषेकको लाभ

रुद्राभिषेक गर्दा ग्रह दोष, रोग, कष्ट तथा पाप मेटिन्छ भन्ने विश्वास गरिन्छ ।
संकटले घेरिएका बेला वा आफूलाई भयले जकडेका समयमा रुद्राभिषेक गरे समस्या समाधान हुन्छ ।
धन, सम्पत्ति, वैभव, सुख आदिको प्राप्तिका लागि पनि रुद्राभिषेक गरिन्छ ।
शत्रुमाथि विजय प्राप्त गर्न होस् वा अकाल मृत्युको भयमा होस रुद्राभिषेकबाट विशेष लाभ मिल्छ ।
काममा सफलता, यश तथा कीर्ति प्राप्तिका लागि पनि रुद्राभिषेक गरिन्छ ।
रुद्राभिषेक गरे भगवान् शिवले मानसिक तथा शारीरिक दुस्खबाट मुक्ति प्रदान गर्छन् भन्ने मान्यता छ ।

रुद्राभिषेकका प्रकार

१. उत्तम स्वास्थका लागि भाङले रुद्राभिषेक
२. बिजनेसमा सफलताका लागि घ्युले रुद्राभिषेक
३. ग्रह दोष हटाउन गंगाजलले रुद्राभिषेक
४. धन सम्पति प्राप्तिका लागि उखुको रसले रुद्राभिषेक
५. घरमा सुख एवं शान्तिका लागि दुधले रुद्राभिषेक
६. शिक्षामा सफलताका लागि महले रुद्राभिषेक
७. सुख एवं खुशिले भरिपुर्ण जीवनका लागि शख्खरले रुद्राभिषेक
८. कलह , क्लेस आदि भगाउन दहीले रुद्राभिषेक
९. शत्रुलाई परास्त गर्न भस्मले ९ खरानी ० रुद्राभिषेक
१०. नकारात्मकता हटाउन वर्षाको पानीले रुद्राभिषेक ।

प्रतिक्रिया