बिहीबार, जेठ ३, २०८१

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे पनि भारी वर्षाकाे सम्भावना

नेपालखोज २०८० असार २८ गते ६:०९

काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थानभन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थानभन्दा उत्तर तर्फ अवस्थित रहेको विभागले जनाएकाे छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको तथा कोशी, मधेश कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ‍केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी प्रदेशका एक/दुई स्थानमा मेघ/गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा/हुरीको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघर/गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया