बिहीबार, वैशाख २०, २०८१

सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु

नेपालखोज २०८० असार २९ गते १४:२७

बिराटनगर । झापा, मोरङ र धनकुटाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

हिजो झापाको शिवसताक्षी नगरपालिका-१ स्थितमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको प्र. १-०१-००२ ह २६७ नम्बरको अटो र सोहि दिशा तर्फ जादै गरेको मे. ७ प ८५९४ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर मोटरसाईकलमा पछाडी सवार बुद्धशान्ति गाउँपालिका-७ का ४० बर्षीय उपेन्द्र सिग्देलको लाईफलाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो भने चालक अर्जुनधारा नगरपालिका-११ का ५७ वर्षीय जिबन सुबेदीको उपचार भईरहेको छ ।

त्यस्तै झापाको मेचिनगर नगरपालिका-१२ मेची राजमार्ग स्थितमा मे.१ ज २९३३ नम्बरको गाडीले पैदल यात्रीलाई ठक्कर दिदा स्थानीय ३५ बर्षीय राजन बि.क.को घटना स्थलमै मृत्यु भएको हो ।

यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका-१ स्थितमा को. १० प ९०१८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक स्थानीय २४ बर्षीय नबिन चौधरीको मृत्यु भएको हो भने धनकुटा नगरपालिका- ९ त्रिवेणी-मुलघाट भित्री सडक खण्डमा को ६ प २१४९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकलमा पछाडी सवार शहिदभुमी- १ का ६५ बर्षीय नर बहादुर राईलाई उपचारको लगि जिल्ला अस्पताल धनकुटा तर्फ लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएको छ ।

प्रतिक्रिया