सोमबार, वैशाख ३१, २०८१

नेपाल टेलिकमले ल्यायो समर अफर

नेपालखोज २०८० असार २९ गते १४:४२

काठमाडौं । नेपाल टेलिकमले समर अफर उपलब्ध गराएको छ । टेलिकमका अनुसार असार २९ गते अर्थात आज शुक्रबारदेखि लागु हुनेगरी समर अफर उपलब्ध गराईएको हो ।

यस अन्तर्गत सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ ।

टेलिकमका अनुसार समर अफर अन्तर्गत अल टाइम डाटा प्याक अन्तर्गत पाँच सय रुपैंयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र. ८०० मा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ ।

प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ ।

सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुनेछ । मेशिन टु मेशिन (एम २ एम) सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ ।

कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याक लाई थप आकर्षक बनाइएको छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिंदै आएको फेयर युसेज पोलिसी (एफयुपी) बमोजिम तोकिएको परिमाण उपभोग पछि लागु हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको टेलिकमको भनाई छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1#  डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया