शनिबार, वैशाख २९, २०८१

नेपाल ईभी एक्स्पो भदौ १५ मा

नेपालखोज २०८० साउन २ गते १२:२१

काठमाडौं । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल (इभिमिन), मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को सयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको आयोजकले जानकारी गराएका छन् ।

विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उदेश्यले तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १५० भन्दा धेरै ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरु प्रदर्शनीका लागि राखिने आयोजकले जनाएका छन् । एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेशन लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरुको उल्लेखनिय सहभागिता रहने विश्वास आयोजकले लिएका छन् ।

यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जानकारी गराएका छन् ।

प्रतिक्रिया