आइतबार, वैशाख १६, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन २ गते २३:०३

उपत्यकाको फोहर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्बोच्चको अन्तरिम आदेश ।

तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने अदालतको आदेश ।

ललिता निवास प्रकरणमा भोलि सुनुवाइ हुने ।

राष्ट्रियसभा बैठक बिहीबारका लागि आह्वान ।

काठमाडौंको फोहोर भोलिदेखि नउठ्ने, विसर्जनमा आज पनि अवरोध ।

कांग्रेसका नेताहरुले बुझाए पार्टी रुपान्तरणका लागि २१ बुँदे सुझाव ।

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु, कांग्रेसमा २२ वटा विभाग थप गर्ने प्रस्ताव ।

मंगलबार झन्डै १० अंकले बढ्दा तीन अर्ब ५४ करोडको सेयर किनबेच ।

डेंगु संक्रमण ह्वातै बढ्यो, १० जिलामा बढी संक्रमण ।

च्याम्पियनसिपमा नेपालका चार खेलाडीले भाग लिने ।

प्रतिक्रिया