आइतबार, वैशाख १६, २०८१

मलमास भरि नगर्नुहोस् यी काम !

नेपालखोज २०८० साउन ३ गते ५:२५

१९ वर्षपछि श्रावण महिनामा थप महिना वा मलमास परेको छ । यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ। हिन्दु पञ्चाङ अनुसार यो आधिमास साउन २ गतेदेखि शुरु भएर ३१ गते सम्म चल्नेछ । मालमासमा केही कामहरू निषेधित छन् ।

– मलमासमा विवाह, गृह प्रवेश, नामकरण, बर्तमन , मुण्डन जस्ता शुभ कार्य सहित कुल १६ अनुष्ठान , संस्कार निषेध गरिएको छ।

– मलमासमा लसुन, प्याज, मासु, माछा आदि तामसिक वस्तुको सेवन निषेध छ । यस बाहेक मदिरा, चुरोट, बासी खानेकुराआदि पनि सेवन गर्नुहुँदैन । यो महिनामा तोरी , कालो दाल, मुसुरिको दाल, मूला, सबै प्रकारका कोपी , सागसब्जी, , मह आदि सेवन गर्नु हुँदैन । शास्त्रमा यसमा निषेध गरिएको छ।

– मलमासमा नयाँ व्यवसाय सुरु गर्दा आर्थिक कठिनाइहरू जन्मनसक्छ । त्यसैले नयाँ काम, नयाँ नोकरि वा ठूलो लगानी गर्नबाट जोगिनु पर्छ ।

– मलमासमा नयाँ घर, नयाँ प्लट, नयाँ कपडा, पसल आदि खरिद गर्नुहुँदैन । यसो गर्नु अशुभ हुनसक्छ । यसमा घर निर्माण वा जग्गा खरिदबिक्री गर्न पनि निषेध गरिएको छ किनभने यो अवधिमा गरिने शुभ कार्यमा बाधा उत्पन्न हुन्छ ।

– मलमास भगवान श्री विष्णुको पूजा गर्ने महिना हो । यो महिना झुट, चोरी, घृणा, क्रोध, काम, लोभ, गलत आचरण, गलत भाषा, अनैतिक क्रियाकलाप जस्ता कुराबाट टाढा रहनुपर्छ ।

मलमास अर्थात् पुरुषोत्तम महिना भगवान विष्णु प्रति समर्पित महिना हो। मलमलमा योग निद्रा भए पनि भगवान विष्णुको कृपा भने कायम रहन्छ । मलमासमा भगवान विष्णुलाई दूधले अभिषेक गर्न सकिन्छ । तुलसीको माला लिएर भगवान विष्णुको जप गर्नु पनि उपयुक्त हुन्छ । यो महिना नियमित रूपमा सूर्यलाई पानी चढाउनुपर्छ ।

प्रतिक्रिया