शनिबार, वैशाख १५, २०८१

‘कुनै पनि समय नयाँ सुरुवात गर्न सकिन्छ’

नेपालखोज २०८० साउन ३ गते ५:३८

अप्ठ्यारो समयमा निरुत्साहित हुनुहुँदैन अन्यथा समस्या अझ बढ्छ । काम गर्न गाह्रो हुन सक्छ, तर हामी सधैं नयाँ सुरुवात गर्न सक्छौं । त्यसैले सकारात्मक रहदै एकाग्रताका साथ आफ्नो काम गर्नुपर्छ । तब मात्र जीवनमा सुख र शान्ति आउन सक्छ। वर्तमान परिस्थितिले हाम्रो भविष्य निर्धारण गर्दैन। हामी कसरी काम सुरु गर्छौं त्यसमा हाम्रो भविष्य निर्भर हुन्छ ।

हामीले जीवनमा जतिसुकै कठिनाइको सामना गर्नु परेपनि , हामी सधैं नयाँ सुरुवात गर्न सक्छौं । त्यसैले कहिल्यै निराश हुनुहुँदैन ।

हरेक व्यक्तिमा आफ्नो जीवनलाई सही दिशामा लान सक्ने क्षमता हुन्छ । यसका लागि दृढ संकल्प, सकारात्मक सोच र कडा परिश्रम चाहिन्छ।

जीवनमा परिवर्तन आइरहन्छ। कहिलेकाहीँ यी परिवर्तनहरू हाम्रा लागि राम्रो साबित हुन्छन् भने कहिलेकाहीं त्यसकै कारण कठिनाइ बढ्छ ।

जसले सकारात्मकताका साथ परिवर्तनलाई ग्रहण गर्छ, उनीहरु सधैं खुसी रहन्छन् । वर्तमान परिस्थितिले हाम्रो भविष्य निर्धारण गर्दैन। हामी कसरी काम सुरु गर्छौं त्यसमा हाम्रो भविष्य निर्भर हुन्छ ।

प्रतिक्रिया