सोमबार, वैशाख १७, २०८१

चन्द्रमामा मानव पाइला परेको दिन

सुनिल उलक २०८० साउन ४ गते ९:३९

आज जुलाई २०, चन्द्रमामा मानव पाइला परेको दिन । हुन त महाकवि लक्ष्मीप्रसाद देवकोटाले, ‘उद्धेश्य के लिनु उडि छुनु चन्द्र एक’ भनेर पहिल्यै काल्पनिक उडान गरिसकेका थिए ।

आज भन्दा ठिक ५४ वर्ष अगाडी २०२६ साल (सन १९६९ जुलाई २०) मा नील आर्मस्ट्रङले चन्द्रमाको धरातलमा पाइला टेक्दै भनेका थिए, ‘मानवका लागि एक पाइला तर मानवताका लागि ठूलो फड्को’ ।

हुन त चन्द्रमामा मानव पाइला टेकेकै थिएनन् । नासाले नक्कली भिडियो प्रचार गरेको भन्ने अभियान पनि अमेरिकाबाट नै नआएको पनि होइन ।

अमेरिकी पत्रकारले we never went to the moon नामक पुस्तक नै लेखेका थिए । त्यस पुस्तकमा झुठो हुनुको धेरै कारणहरु पनि लेखिएका छन् ।

विश्वले मान्यता पाएको चन्द्र अभियान अपोलो ११ तथा आर्मस्ट्रङको चर्चित मुन वाकले संसारमा एउटै नया सफलताको कथा जोडीएको थियो ।

प्रतिक्रिया