शनिबार, वैशाख २९, २०८१

सबैभन्दा बढि बिक्ने ह्याचब्याक

नेपालखोज २०८० साउन ५ गते १४:२६

काठमाडाैं । मारुती सुजुकीको लोकप्रिय पारिवारिक ह्याचब्याक वेगनआर सबैभन्दा बढी बिक्री हुने कार हो । मारुती वागनआरले गएको जुनमा हुन्डाई क्रेटा र टाटा नेक्सन जस्ता विभिन्न सेगमेन्टका टाटा पञ्चका सबैभन्दा धेरै बिक्री हुने एसयूभीहरूलाई पछि पारेको थियो। जुनमा वागनआरका १७,४८१ युनिट बिक्री भएको थियो । यद्यपि यो गत वर्षको यहि महिनाको तुलनामा ९ प्रतिशत कम हो ।

दोस्रो नम्बरमा मारुती सुजुकी स्विफ्ट गत महिना अर्थात् जुन २०२३ मा मारुती सुजुकीको लोकप्रिय ह्याचब्याक स्विफ्ट दोस्रो सर्वाधिक बिक्री हुने कार थियो जसलाई १५,९५५ जनाले किनेका थिए। गत वर्षको जुनको तुलनामा यो वर्षको जुनमा स्विफ्टको बिक्री २ प्रतिशतले घटेको छ । जुन २०२२ मा १६२१३ जनाले स्विफ्ट किनेका थिए ।

जुनमा तेस्रो सर्वाधिक बिक्री हुने कार हुन्डाई क्रेटा थियो जसलाई १४ हजार ४४७ ले खरिद गरेका थिए ।

मारुती सुजुकी बलेनो मे महिनामा सबैभन्दा धेरै बिक्री हुने कार थियो भने यो जुन महिनामा चौथो नम्बरमा झरेको छ। बलेनोलाई गत महिना १४,०७७ जना ग्राहकले खरिद गरेका थिए , जुन वार्षिक तुलनामा १३ प्रतिशतले कम हो।
सर्वाधिक बिक्री हुने कारमा टाटा नेक्सोन ५ नम्बरमा छ जुन अघिल्लो महिना १३,८२७ युनिट बिक्री भएको थियो। यस हिसाबले नेक्सोनको बिक्री बढदो छ ।

हुन्डाई भेन्यू भारतमा जुन २०२३ को सबैभन्दा धेरै बिक्री हुने कारहरूको सूचीको छैठौं नम्बरमा थियो जसका ११,६०६ इकाइ बिक्री भए त्यसपछि मारुती सुजुकी अल्टो छ जसलाई ११ हजार ३२३ ग्राहकले खरिद गरे । टाटा पंच १०,९९० युनिट बिक्री का साथ ८ नम्बरमा छ । ९औं सबैभन्दा बढी बिक्री हुने कार मारुती सुजुकी ब्रेजा हो जसलाई १०,५७८ जनाले किनेका थिए । जुन २०२३ मा १० औं सबैभन्दा बढी बिक्री हुने कार मारुती सुजुकी ग्राण्ड भिटारा थियो जसलाई १०,४८६ ग्राहकहरूले खरिद गरेका थिए ।

प्रतिक्रिया