सोमबार, वैशाख १७, २०८१

डेंगु नियन्त्रण गरौं, सुरक्षित रहौं

नेपालखोज २०८० साउन ६ गते ५:४८

डेंगु रोम डेंगी भाइरसवाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट सर्छ । एडिज जातको लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्दछ ।

पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नगरी राम्ररी छोपेर राखी । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सरसफाइ गरौं ।

कोठा मित्र लामखुट्टे भगाउने धूप आदि बाल्ने , लामखुट्टेको टोकाइबाट बच्न मल्हम
लगाउने ।

शरीर पुरै ठाक्ने लुगा लगाउने । काम नलाग्ने र पानी भरिन सक्ने सामानहरु जस्तै टायर , बोतल प्लास्टिकका बस्तुहरु पानी पानी जम्न नमिल्ने गरि बिसर्जन गर्ने ।

घर र बिध्यालय आदिको कुना(काप्चा जस्तै पर्दापछाडि, खाटमुनि, सौचालय भित्र डेस्क र बेन्चमुनि आदि जस्ता ठाउँमा किटनाशक औषधि छर्कने ।

कम्तीमा हप्ताको एक पटक एयर कुलर पानी ट्यांकी, फूलदानी तथा गमला राखिएको प्लेट आदि राम्रोसँग सफा गरौं ।

हामी सबै मिलेर मात्र डेगीं रोकथाम गर्न सक्छौ । लामखुट्टेले फुल पार्न सक्ने संभावित घर, विद्यालय आदि भित्र र वरपरका पानी जम्ने सबै ठाँउहरू र पानी राख्ने भाँडाहरू खोजी/ खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गरौ ।

प्रतिक्रिया