शनिबार, वैशाख २९, २०८१

अब च्याटजिपिटी एन्ड्रोइड डिभाइसमा पनि

नेपालखोज २०८० साउन ७ गते ११:५७

काठमाडौं । ओपनएआईले सम्भवतः यही हप्ता एआई च्याटबोट ‘च्याटजिपिटी’ एन्ड्रोइड डिभाइसमा लन्च गर्ने भएको छ। कम्पनीले ट्विट गर्दै यसको जानकारी दिएको हो ।

योसँगै गुगल प्ले स्टोरमा शनिबारदेखि प्रि–रजिस्ट्रेसनका लागि उपलब्ध भएको छ। प्रि–रजिस्ट्रेसन गरी अटोमेटिक इन्स्टल अप्सन इनेबल राखेको खण्डमा एप लन्च हुनासाथ स्वतः डिभाइसमा डाउनलोड हुनेछ।

कम्पनीले एन्ड्रोइड डिभासमा एप लन्च हुने निश्चित मिति तोकेको छैन। दुई महिनाअघि मेमा कम्पनीले आइओएस डिभाइसका लागि च्याटजिपिटी एप लन्च गरेको थियो। तर कम्पनीले एप सबभन्दा पहिले कुन देशमा लन्च हुनेछ भन्ने जानकारी दिएको छैन।

एपबाट प्रयोगकर्तालाई के फाइदा ?

एप इन्स्टल गरेपछि च्याटजिपिटी प्रयोग गर्न प्रयोगकर्ताले बारम्बार ब्राउजर खोलिरहनु पर्दैन। साथै एपमा सर्चको हिस्ट्री पनि सेभ हुन्छ, जसको सहयोगमार्फत प्रयोगकर्ताले पुरानो सर्च गरेको विषय पनि हेर्न सक्छन्। साथै एपमा उपलब्ध सबै फिचर्स पनि प्रयोगकर्ताले सजिलै प्रयोग गर्न पाउनेछन्।

ओपनएआईको च्याटजिपिटी र गुगलको ‘बार्ड’लाई प्रयोगकर्ताले जस्तोसुकै प्रश्न सोध्न पाउनेछन्। इमेल लेख्नेदेखि रिजुमे बनाउनेसम्मको काम एआईमा गर्न सकिन्छ। रिल र भिडियो कसरी भाइरल बनाउने ? यो सुझाव पनि च्याटजिपिटीले दिनेछ।

मस्कको एक्स–एआई र मेटाको लामा–२

टेस्ला तथा स्पेस–एक्सका मालिक एलन मस्कले नयाँ एआई कम्पनीको सुरुवात गरेका छन् । यसलाई एक्स–आई नाम दिइएको छ। मस्कले पाँच वर्षमा एआई मानव बौद्धिकताभन्दा अगाडि निस्किने बताएका छन् ।

साथै मेटाले पनि एआई ल्यांवेज मोडल लामा–२ लन्च गरेको छ। यसलाई रिसर्च र कमर्सियल उद्देश्यका लागि निःशुल्क प्रयोग गर्न सकिने बताइएको छ। -INS

प्रतिक्रिया