आइतबार, वैशाख २३, २०८१

सरकारले अत्यावश्क सेवाअन्तर्गत हड्ताल गर्न निषेध गरेका क्षेत्र कुन–कुन हुन् ?

नेपालखोज २०८० साउन ८ गते १५:४६


काठमाडौं । सरकारले आवश्यक सेवा सञ्चालन ऐनअनुसार आवश्यक सेवामा हड्ताल गर्न निषेधाज्ञा जारी गरेको छ। सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकारी प्रयोग गरी यस्ता सेवामा हड्ताल गर्न नपाइने नेपाल राजपत्रमा उल्लेख छ।

सरकारले वर्गीकरण गरेको आवश्यक सेवा क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल र हवाई मार्गबाट यात्री या मालसामान ओसारपसार गर्ने यातायात सेवा रहेका छन्। यसैगरी हड्ताल गर्न नपाइने अन्य सेवामा विमानस्थल, विमानस्थलको देखभाल, त्यसको सञ्चालन तथा मर्मत कार्यसँग सम्बन्धित सेवामा पनि हड्ताल गर्न निषेध जारी गरिएको छ।

हवाई ग्राउन्डेड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने, राख्ने या थन्काउने कामसँग सम्बन्धित सेवा, प्रिन्ट तथा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार खरखाजना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै पनि सेवामा हड्ताल गर्न पाइँदैन।

साथै सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन थता वितरण, पर्यटन आवसा, मोटेल, होटेल, रेस्टुँरा र रिसोर्ट सेवामा पनि सरकारले हड्ताल गर्न निषेध गरेको छ। यसैगरी पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, औषधि निर्माण एवं बिक्री वितरणजन्य सेवा हड्तालका लागि निषेध गरिएको छन्।

फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवं व्यवस्थापन क्षेत्रसम्बन्धी सेवा, बैँकिङ, बिमा, विद्युत्, दैनिक उपभोग्य वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सेवामा पनि सरकारले हड्ताल गर्न प्रतिबन्ध लगाएको छ। सँगसँगै मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, मास्क, ह्यान्ड सेनिटाइजर, भेटेरिनरी, कन्सुलर विभाग तथा राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट सेवामा पनि हड्ताल गर्न नपाइने राजपत्रमा उल्लेख छ। –INS

प्रतिक्रिया