सोमबार, वैशाख १७, २०८१

शिवलिंगको अभिषेक !

नेपालखोज २०८० साउन ९ गते ५:२४

महादेवलाई देवको पनि देव मानिन्छ । उनलाई यो सृष्टिको रचयिता तथा कर्तासमेत भनिन्छ । शिवलिंगक‍ो दुवै भागलाई सृष्टि निर्माणको केन्द्र पनि मानिन्छ । भनिन्छ सहि ढंगले भगवान शिवको आराधना गरे घरमा सुख(समृद्धिको वास हुन्छ र भाग्य पनि खुल्छ । शिवभक्तहरु हरेक सोमबारका साथै भगवान् शिवसँग ज‍डिएका खास दिनहरुमा शिवलिंगक‍ो अभिषेक गर्छन् जस्तो महा शिवरात्रि, प्रदोष व्रत, श्रावण महिना तथा मासिक शिवरात्रि आदिमा ।

शिव लिंगको माथिल्लो भागले लिंग तथा तल्लो सपाट भागले योनिलाई संकेत गर्छ जसबाट यो संसारको उद्भभव भएको हो । यसैले भगवान शिवलाई संसारको पिता पनि मानिन्छ ।

शिवलिंगको अभिषेकसँग जोडिएको पौराणिक कथाअनुसार जब दैत्यहरुको आक्रमण पश्चात शिव जी ले देवी(देवताहरुको रक्षाका लागि विषपान गरेका थिई तब उनको शरीर को ताप र ज्वाला कम गर्न देवी(देवताहरुले उनलाइ दूध पिउन भनेका थिए । दूध पिएपछि नै शिव शान्त हुन सकेका थिए । त्यसैले शिवजीलाई शान्त र खुसी राख्न शिवलिंगमा दूधको अभिषेक गरिन्छ ।

शिव लिंगको सही अभिषेकका लागि सर्वप्रथम शिवलिंगमा पानी चढाउँदै १०८ पटक ओम नमस् शिवायको जप गर्नुपर्छ । त्यसपछि एउटा भाँडामा काँचो दूध हालेर शिवलिंगमा चढाउनुपर्छ । त्यसपछि एकपटक फेरि पानी चढाएर दही अनि त्यसपछि फेरि पानी चढाउनुपर्छ ।

त्यसपछि घिउ, पानी र फेरि मह तथा पानी चढाउनुपर्छ । त्यसपश्चात शिवलिंगलाई सफा कपडाले पुछेर त्यसमाथि चन्दन, अक्षता, बेलपत्र, फल तथा नरिवल अर्पित गरी अन्त्यमा आरती गर्नुपर्छ ।

प्रतिक्रिया