आइतबार, वैशाख १६, २०८१

फिफा महिला विश्वकप : तीनवटा खेल हुँदै

नेपालखोज २०८० साउन ९ गते ६:२४

काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा आज पनि तीनवटा खेल हुँदै छन् । नेपाली समय अनुसार बिहान सवा ११ बजे घरेलु टोली न्युजिल्याण्ड र फिलिपिन्स आमने सामने हुने छन् ।

आजको खेलमा फिलिपिन्स पराजित भएमा समूह चरणबाटै आउट हुने छ ।  यसैगरी अर्को खेलमा यही समूहमा स्वीट्जरल्याण्ड र नर्वेको खेल हुँदै छ । यो खेल पौने २ बजे सुरुहुने छ ।

त्यस्तै, समूह एचमा रहेको कोलम्बिया र दक्षिण कोरिया विहान पौने ८ बजे आमने सामन हुने छन् । यी दुवै टिमको पहिलो खेल हो । 

प्रतिक्रिया