सोमबार, वैशाख १७, २०८१

आउँदै छ नेपाली क्रिकेटको महत्त्वपूर्ण दिन

नेपालखोज २०८० साउन ९ गते ७:२४

नेपाली क्रिकेट टिम हाल आगामी महिना हुने एसिया कपका लागि विशेष प्रशिक्षण लिन श्रीलंकामै छ । इमर्जिङ कप खेल्न गएको नेपालले उतै बसेर प्रशिक्षण गर्न लागेको हो । नेपालले आगामी अक्टोबरको पहिलो साता घरेलु मैदान टियु र मुलपानीमा आइसिसी विश्वकप टि२० एसिया छनोटको आयोजना गर्दैछ । नेपाल यसपटक पनि आइसिसी टि-२० विश्वकपको प्रवल दाबेदार रहनेछ । यता नेपालले चीनमा हुने १९ औं एसियाली खेलकुदमा सेप्टेम्बर अक्टोबरमा क्रिकेटमा समेत सहभागीता जनाउनेछ ।

नेपालले टि२० विश्वकप छनोटलाई ध्यानमा राख्दै बिशेष तयारी गर्ने निर्णय गरेको छ । नेपालले श्रीलंकामा रहँदा स्थानीय टिम श्रीलंका डेभलपमेन्टसँग चार वटा अभ्यास खेल खेल्नेछ । श्रीलंका क्रिकेट बोर्डको समन्वयमा खेल्न लागेको हुँदा स्तरिय खेलाडी पाउने क्यानले बताएकोछ । त्यसपछि नेपाली क्रिकेट टिम नेपाल फर्किएर एसिया कप खेल्न पाकिस्तान जानेछ ।

नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ ९अगष्ट ३०० मा मुल्तानमा हुनेछ । उक्त खेलपछि एसिया कपको अर्को खेलका लागि नेपाल श्रीलंका जानेछ जहाँ नेपाल र भारतबीचको खेल श्रीलंकाको क्यान्डीमा भदौं १८ ९सेप्टेम्बर ४० मा हुनेछ ।

नेपाली क्रिकेटका लागि एसिया कप , एशियाली खेल तथा टि २० विश्वकपको छनोट निकै महत्त्वपूर्ण हुने पक्का छ भने यसले नेपाली क्रीकेट कुन बाटोमा अघि बढनेछ भन्ने कुरा पनि तय गर्नेछ ।

क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्ने प्रमुख खेलाडि

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा , सूर्य तामाङ , ज्ञानेन्द्र मल्ल, आरिफ शेख , करण केसी , विनोद भण्डारी, कमलसिंह ऐरी , विवेक यादव, दीपेन्द्रसिंह ऐरी तथा सन्दीप लामिछाने ।

प्रतिक्रिया