मंगलबार, जेठ १, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० साउन ९ गते २२:०१

इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त ।

कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ बुधबारका लागि हेर्दाहेर्दैमा ।

भागबण्डा नमिलेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी तत्कालसहभागी नहुने ।

सोमबारदेखि लगातार परेको बर्सातले दाङ देउखुरीका दर्जन बढी घर डुबानमा ।

आफ्नो सेनामा नेपालीहरुलाइ भर्ती गर्दै आएको भारतले अबदेखि नेपालीहरुको भर्तीमा रोक लगाउने ।

स्वीट्जरल्यान्ड र नर्वेले फिफा महिला विश्वकपमा बराबरी खेल्दै अंक बाँडे ।

निर्वाचन आयोगले गत मंसिरमा सम्पन्न चुनावको खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभा र प्रदेशतर्फका गरी दुई हजार ४३५ उम्मेदवारलाई १५ हजार दरले जरिवाना गरायाे ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौंमा अपराधको सङ्ख्या बढ्दै 

प्रतिक्रिया