मंगलबार, जेठ १, २०८१

व्यक्तित्व विकास : आफूले मन पराउनेसँग कुराकानी बढाउनुहोस्

नेपालखोज २०८० साउन १० गते ६:३९

काठमाडाैं । जब व्यावसायिक सम्बन्धको कुरा आउँछ, प्रायः दुई फरक पुस्ताका मानिसहरू मेलमिलाप गर्न असमर्थ हुन्छन् । उनीहरुबीच अन्योल रहन्छ । नयाँ नेताहरूले वरिष्ठहरू उनीहरूको प्रगतिको बाटोमा बाधा भएको महसुस गर्छन् भने वरिष्ठहरूले नयाँ र प्राविधिक ज्ञानी पुस्ताले आफ्नो अस्तित्वलाई नकारेको महसुस गर्छन् । यद्यपि यी उपायले उनिहरस बीच सफल सम्बन्ध स्थापित हुन सक्छ ।

पहिले आफ्नो मान्यताको परीक्षण गर्नुहोस्

यदि तपाईं आफुभन्दा वरिष्ठहरूसँग सम्बन्ध निर्माण गर्न संघर्ष गर्दै हुनुहुन्छ भने हुनसक्छ तपाईंले तिनीहरूका बारेमा निश्चित धारणा बनाउनुभएको होला । तपाईंले उनीहरूलाई गलत बुझ्नुभएको हुन सक्छ। तपाईं उनीहरूलाई आफुभन्दा फरक भएकाले मननपरेका हुन कि रु हुनसक्छ जुन कुराले उनीहरूलाई तपाईंभन्दा फरक बनाएको छ त्यहि उनिहरुको शक्ति हो कि ?

विश्वासले मात्र विश्वसनीयता निर्माण गर्दैन

धेरैजसो नयाँ पुस्ताले वरिष्ठहरूलाई प्रभाव पार्ने सबैभन्दा राम्रो तरिका उनीहरूलाई आफ्नो आत्मविश्वास र दृढता देखाउनु हो । तर वास्तविकतामा तपाईं आफूलाई कमजोर देखाएर मात्र आफ्नो परिपक्वता व्यक्त गर्न सक्नुहुन्छ। उनीहरूका अगाडि स्वीकार गर्नुहोस् कि तपाईलाई कतिपय कुराको ज्ञान छैन। यसमा उनिहरुबाट सहयोग पनि लिनुहोस् ।

मानवतालाई सम्बन्धको आधार बनाउनुहोस्

सम्बन्ध बलियो बनाउन चाहनुहुन्छ भने धेरै सम्मानको अपेक्षा नगर्नुहोस् । नयाँ नेताहरूले सबै कुरालाई आफ्नो सम्मानसँग जोड्छन् । यसले उनीहरुको छवि धमिलो पार्छ र औपचारिकता मात्र बढछ । आफ्ना सिनियरहरुका बारेमा थप जानकारी लिनुहोस्। कुनै पनि सम्बन्धलाई मानवताका आधारमा नै बलियो बनाउन सकिन्छ ।

आफ्नो माग राख्न नडराउनुहोस्

यदि तपाईं कसैसँग धेरै समय बिताउन चाहनुहुन्छ भने उनीहरूबाट केही सिक्न चाहनुहुन्छ भने खुलेर भन्नुहोस् । यसले एकै पटकमा काम नगर्न सक्छ र तपाईंले उनिहरुलाई बारम्बार एउटै कुरा भन्नुपर्ने हुनसक्छ । त्यसैले उचित सम्मान र मर्यादाका साथ उनीहरूका अगाडि आफ्नो माग राख्नुहोस् र भन्नुहोस् किन यो कुरा तपाईंका लागि महत्त्वपूर्ण छ ?

प्रतिक्रिया