मंगलबार, जेठ १, २०८१

कालीखोलाको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नेपालखोज २०८० साउन १० गते १३:३३

मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित कालीखोलामा बुधबार बिहान पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

अहिले पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन असहज भएको र समय पनि कति लाग्छ भन्ने यकिन नभएको उनको भनाइ छ।

प्रतिक्रिया