आइतबार, वैशाख ३०, २०८१

अनलाइन ठगीबाट कसरी बच्ने ?

नेपालखोज २०८० साउन १० गते १४:५२

काठमाडाैं । अनलाइन धोखाधडीको शिकार बन्नबाट जोगिन केहि कुरामा ध्यान पुर्याउनु पर्छ । उदाहरणका लागि कुनै पनि वेबसाइट वा एपमा आफ्नो बैंकिङ जानकारी सुरक्षित गर्नुहुँदैन । प्रत्येक पटक आफैंले बैंकिङ फर्म भर्नुपर्छ ।

कुनै पनि ग्राहक सेवा कलमा आफ्नो क्रेडिट-डेबिट कार्डको पिन नम्बर दिनुहुँदैन । बैंकहरूले पनि आफु सँग कहिल्यै यी पिन नम्बर सोध्दैनन् । यदि कसैले यस्तो जानकारी मागेको छ भने त्यो नक्कली हो र यसबाट धोका निश्चित छ ।

कुनै पनि अपरिचित लिङ्क मार्फत कुनै पनि एप इन्स्टल गर्नुहुँदैन किनभने त्यो नक्कली हुन सक्छ ।

एटीएम बुथमा कुनै अपरिचित व्यक्तिको सहयोग लिनुहुँदैन अन्यथा ठगी हुन सक्छ ।

प्रतिक्रिया