बिहीबार, जेठ ३, २०८१

भगवान् शंकरलाई प्रशन्न तुल्याउन

नेपालखोज २०८० साउन ११ गते ५:२३

सनातन धर्ममा साउन महिनालाई पवित्र मानिन्छ । साउन महिना भगवान शंकर प्रति समर्पित छ। यो महिना भोलेनाथको विधि–विधान अनुसार पूजा गरिन्छ । शिव भक्तहरूले शिव मन्दिरहरूमा शिवलिंगमा जलाभिषेक तथा रुद्राभिषेक गरेर महादेवलाई प्रसन्न तुल्याउँछन् । धार्मिक मान्यता अनुसार साउन महिनामा पूर्ण भक्तिभावले महादेवको पूजा गरे भोलेनाथ प्रसन्न भै मनोकांक्षा पुरा हुन्छ ।

आदिमासका कारण यो वर्षको साउन २ महिना चल्ने भएकाले भोलेनाथलाई प्रसन्न तुल्याउन भक्तजनले ८ वटा सोमबार पाउनेछन् । यति मात्र होइन ज्योतिषशास्त्रले बताए अनुसार साउन महिनामा केही उपाय अबलम्बन गरे भगवान शिवको कृपा प्राप्त हुनेछ । साउन महिनामा भोलेनाथलाई प्रसन्न पार्न शास्त्रमा अनेक प्रकारका उपाय बताइएको छ ।

शास्त्रमा उल्लेख गरिएका ५ उपाय

१ शिवपुराण अनुसार साउनमा भगवान शंकरलाई बेलपत्र र धतुरो अर्पण गर्नु लाभदायक मानिन्छ । भनिन्छ ( शिवजी यी चीजहरूबाट प्रसन्न हुन्छन् र कहिल्यै धन र अन्नको कमी हुन दिँदैनन्।

२ साउन महिनामा महामृत्युञ्जय मन्त्रको दैनिक जप गर्नुपर्छ, यसबाट सुस्वास्थ्य प्राप्त हुन्छ ।

३ साउनमा शिवलिंगमा जल अर्पण गरे घरमा धन(सम्पत्ति आउँछ भने ऋणबाट समेत मुक्ति मिल्छ ।

४ शास्त्र अनुसार साउनमा शिवलिंगमा दूध चढाउनु पनि शुभ मानिन्छ । हरेक दिन शिवलिंगमा दूध चढाए भगवान शिव प्रसन्न हुन्छन् भने कुण्डलीमा चन्द्र ग्रहको स्थिति बलियो हुन्छ ।

५ शिवपुराण अनुसार साउनको पाँचौँ सोमबार पशुपतिनाथको व्रत गर्नु निकै शुभ हुन्छ । साउनको पाँचै सोमबार पशुपतिनाथको व्रत बस्नाले मानिसको मनोकामना पूरा हुने जनविश्वास छ ।

माथि उल्लेखित जानकारी प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह/सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया