बुधबार, जेठ २, २०८१

‘स्वास्थ्य, शिक्षा र पैसा’

नेपालखोज २०८० साउन ११ गते ८:४०

श्रीकृष्ण र उद्धवसँग सम्बन्धित एउटा कथा छ । एक दिन श्रीकृष्णले उद्धवलाई एउटा कथा सुनाए । भगवानले भने(उद्धव म तिमीलाई यो कथा सुनाउँदैछु ताकि तिमीले राम्रो कर्म सही समयमा किन गर्नुपर्छ भन्ने बुझ्न सक ।

कथा यस्तो छ – एकजना मानिसले खेतीपाती र व्यापार गरेर धेरै पैसा कमाएको थियो, तर ऊ धेरै लोभि थियो । उ ब्यबिचारमा पनि फसेको थियो । उ लोभका कारण बढि रिसाउँथ्यो । उसले साथीभाइ र आफन्तहरुसँग पनि राम्रो व्यवहार गरेन् ।

त्यो व्यक्तिको यस्तो गलत व्यवहारका कारण उसको नजिकका मानिस , श्रीमती, आफन्त सबै दुखी भए । त्यो व्यक्तिको एउटै लक्ष्य धनी बन्ने थियो । उसले आफ्नै लागि पनि खर्च गरेन् तर बिस्तारै उसको खर्च हुन थाल्यो । केही धन उसको परिवारका सदस्यले लुटे , केही चोरी भयो। केहि आफै नासियो । यता व्यापारमा पनि घाटा बेहोर्नुपर्यो ।

थोरै पैसा बाँकी थियो त्यो पनि राज्यका राजाले खोसे । उसले कहिल्यै कसैलाई सहयोग गरेन् त्यसैले उनलाई कसैले सहयोग गरेनन् । उ गरिब भैसकेको थियो ।

अब त्यो व्यक्तिले सोच्न थाल्यो कि मैले कसैका लागि कहिल्यै खर्च गरिन तर यो धनले मेरा लागि पनि काम गरेन । अहिले आपद पर्दा मलाई कसैले सहयोग गर्दैनन् । जबसम्म पैसा छ तब सम्म मात्र दाजुभाइ, दिदीबहिनी, छोरा छोरी , आमाबुवा, साथीभाइ, आफन्त सबैले इज्जत गरे ।

एक दिन कसैले सोध्यो तिमीलाई अहिले कस्तो लाग्छ रु उसले जवाफ दियो ( जब मसँग पैसा थियो त्यसको राम्रो सदुपयोग हुन सकेन । आज पछुताउँदै छु ।

श्रीकृष्णको पाठ स् समय अमूल्य छ र हामीले यसको सदुपयोग गर्नुपर्छ भनेर श्रीकृष्णले यो कथाद्वारा उद्धवलाई सम्झाउनु भएको छ । स्वास्थ्य, शिक्षा र पैसाको काममा ढिलाइ गर्नु हुँदैन, समय मिल्नेबित्तिकै यी कामहरू गरिनुपर्छ ।

यसबाट हामी के सिक्छौं भने स्वास्थ्यमा लापरवाही गर्नुहुँदैन, शिक्षा प्राप्त गर्न र पैसा कमाउन अल्छी गर्नुहुँदैन तर लोभ पनि गर्नुहुँदैन, आवश्यकता अनुसार खर्च गर्नुपर्छ ।

प्रतिक्रिया