बिहीबार, जेठ ३, २०८१

टाउको दुख्ने समस्या र यसका प्रकारहरु

डा. प्रदीप पाण्डे २०८० साउन १३ गते १२:३८

टाउको दुख्ने समस्या नेपालमा धेरैजसो लाई हुने समस्या हो । यो समस्या १ दिन २ दिन देखि बर्सौ सम्म रहन सक्छ । टाउको दुखाई २ प्रकारको हुन्छ ।

१. तनाबले गर्दा हुने टाउको दुखाई (६९ प्रतिशत )
२. माइग्रेनले गर्दा हुने टाउको दुखाई (१६ प्रतिशत )

यदि टाउको दुख्ने समस्या लामो समयदेखि छ र सामान्य नदुख्ने औसधि खाँदा बिसेक हुन्छ र फेरी टाउको दुख्ने समस्या बल्झिन्छ भने त्यस्तो टाउको दुखाईको उपचार गर्नुपर्ने हुन्छ ।

आफुलाई टाउको दुख्ने समस्या छ तर टेस्ट गर्दा सबै रिपोर्ट सामान्यछ भने त्यो मानसिक समस्या हुन सक्छ । टाउको दुखाई तनाबले वा माइग्रेनले गर्दा मात्र नभएर निरासाले गर्दा पनि हुन सक्छ ।

तनाबले गर्दा हुने टाउको दुखाई :

बर्सौ देखि टाउको दुखिरखेको, टाउको दुख्दा जतापनि दुख्न सक्ने, भारी भएजस्तो, थिचेजस्तो , गरुहोंगो महसुस हुने, कसैलाई पोलेजस्तो, किरा हिंडेजस्तो महसुस हुने चक्कर आउने हुन्छा दिनभरी बिस्तारि दुखिरहने, काम गर्नपनि सकिने दुख्न पनि नछोड्ने हुन्छा ।

सामान्य औसधि खाएमा निको हुन्छा येससंग मानसिक समस्या जोडिएको हुन सक्छ जस्तै कुनै तनाबको स्थिति, निद्रामा गडबडी, या अरु कुनै लक्षण हुन सक्छ ।

माइग्रेनले गर्दा हुने टाउको दुखाई:

टाउको दुख्दा बल्किने, दुखेपछी ४ घण्टादेखि २ दिनसम्म दुख्न सक्ने, उल्टी औला जस्तो हुने, उल्टी आउने हुन सक्दछा। कतिले कडा औषधि खानुपर्ने, इन्जेक्शन लगाउनुपर्ने वा सुत्नैपर्ने हुन्छ। घामले, आवाजले टाउको दुखाईमा फरक पार्न सक्छ र कसैलाई त हिडडुल गर्दा पनि टाउको दुखाई बढ्ने भएकोले घरभित्रै बसेर आराम गर्दछन, एक पाखा मात्र दुख्ने पनि हुन्छ तर सधै एक पाखामा मात्र दुख्छ भन्ने छैन ।

यी टाउको दुखाई को उपचार सम्भव छ र नजिकैको मानसिक रोग बिशेसज्ञ या नसाको चिकित्सक मा गइ उपचार गरेमा समस्या राम्रो गराउन सकिन्छ ।

कस्तो टाउको दुखाईमा सचेत हुने र तुरुन्त चिकित्सकलाई भेट्ने रु
१. धेरै जोडसंग दुखेमा
२. पहिलो सहन नसक्ने दुखाई
३. दुखाई झन नराम्रोसंग या जोडसंग बढिराखेको छ
४. जाच गर्दा नसाको समस्या देखिएमा
५. ज्वरो आएमा
६. टाउको दुखेपछि उल्टी भएमा
७. टाउको दुख्नाले निद्रा बिग्रेमा या उठ्ने बित्तिकै दुखेमा
८. ५५ बर्षभन्दा बढी उमेरको व्यक्तिलाई दुखेमा ।

प्रतिक्रिया