बिहीबार, जेठ ३, २०८१

स्तनपानबाट शिशु र आमालाई हुने फाइदा   

नेपालखोज २०८० साउन १३ गते १०:५८

शिशुमा हुने फाइदा

  • शिशुको मृत्यु हुने जोखिम न्यून हुन्छ।
  • स्तनपान गर्न पाएका शिशुमा रोगबाट प्रतिरक्षा शक्ति उच्च हुन्छ ।     
  • बिरामी परेमा अरूलाई भन्दा छिटो निको हुन्छ ।    
  • बालबालिकामा संवेग व्यवस्थापन वा सन्तुलन गर्ने क्षमतामा उच्च हुन्छ र मानसिक समस्यामा कमी हुन्छ ।    
  • बौद्धिक परीक्षणमा उच्च क्षमता देखिएको छ ।    
  • विद्यालयको सिकाइ दर उच्च हुन्छ ।     
  • भविष्यमा मुटुरोग, मधुमेह, क्यान्सर, दमजस्ता रोगहरू कम मात्रामा हुन्छ । साथै दाँतसम्बन्धी समस्याहरू हुने सम्भावना कम हुन्छ  ।

आमामा हुने फाइदाहरू

  • स्तनपान गराउने आमाहरूमा पाठेघरको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
  • स्तन क्यान्सर हुने सम्भावना कम हुन्छ ।
  • आमालाई आराम र आनन्द महसुस हुन्छ जसले मानसिक तनाव हुँदैन ।
  • आफ्नो र शिशुको सकारात्मक सम्बन्ध भएकोमा सन्तुष्टि हुन्छ ।

युनिसेफ नेपाल

प्रतिक्रिया