बुधबार, जेठ २, २०८१

नेपालमा हाल बाघको सङ्ख्या

नेपालखोज २०८० साउन १४ गते १७:१५

काठमाडौं । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३ सय ५५ छ ।

उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५ बाघ थिए ।

साथै बाँकेमा २५, पर्सामा ४१ तथा शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क छ ।

नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १ सय ९ , सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ थियो ।

सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको सङ्ख्या २ सय ३५ थियो ।

प्रतिक्रिया