मंगलबार, जेठ १, २०८१

साउनको महिना आइएमई पे मा नारीहरूलाई लक्षित गर्दै आयो ’प्रिटी उत्सव’

नेपालखोज २०८० साउन १५ गते १२:१०

काठमाडौं । आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै प्रिती उत्सब नाम अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ ।

यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई प्रिती क्लिकको पाँच हजार रुपैंयाँको भौचर प्रदान गरिने छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पे मार्फत क्यु आर स्क्यान गरी भुक्तानी गर्नु पर्ने छ । अफर अन्तराल भरि प्रत्येक पाँच दिन पश्चात् गोला प्रथा मार्फत दुई जना विजेता छनौट गरिने छ ।

विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ । सेवाग्राहीले जुनसुकै क्यु आर मार्फत भुक्तानी गर्न सक्ने छन् । विजेताहरूले प्रिती क्लिकमा गएर सो भौचरको प्रयोग गर्न सक्ने छन् । यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको छ ।

आइएमई पे को बारेमा :

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।

नेपाल राष्ट्र बैङ्कको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बिचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा त्तच् स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैङ्कको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैङ्किग सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

प्रतिक्रिया