मंगलबार, जेठ १, २०८१

राष्ट्रपतिप्रति जनताको श्रद्धा धर्मभन्दा पनि बढी

नेपालखोज २०८० साउन १६ गते ७:३१

रुस । यो घटना रुसका महान् सम्राट पिटर द ग्रेटको समयमा भएको थियो। पिटरले रूसमा एउटा ठूलो चर्च बनाए। सम्राट आफैं त्यो चर्चमा पुग्थे । त्यहाँ हजारौं मानिस पनि पुग्ने गर्थे ।

प्रार्थना सभामा चालीस हजारभन्दा बढि मानिस थिए । यति ठूलो जमघट देखेर सम्राट मुग्ध भए । एक दिन उनले पादरिलाई भने, ‘हेर, हाम्रो देशका जनताको धर्ममा यति धेरै आस्था छ , प्रभुमा अथाह विश्वास छ।’
पादरीलाई असलि अवस्था थाहा थियो। तर त्यतिबेला उनी मौन रहे ।

भोलिपल्ट पादरीले सम्राट पिटर कुनै कारणले आजको प्रार्थनामा उपस्थित हुन नसक्ने खबर फैलाए। सम्राट पिटर तोकिएको समयमा चर्चमा पुगे। उनले त्यहाँ ६ जना मात्र मानिस देखे । यो देखेर सम्राट छक्क परे ।

उनले अघिल्लो दिन चालीस हजार मानिसहरू प्रार्थनामा संलग्न देखेका थिए । यसअघि पनि उनले अनुभव गरिसकेका थिए, प्रार्थनाको समयमा चर्चमा मानिसहरूको भीड हुने गर्दथ्यो। आखिर आज के भयो ?

उनले आश्चर्यचकित आँखाले पादरीलाई हेरे र जान्न चाहे कि आज मानिसहरू प्रार्थना गर्न नआउनुको कारण के हो ? पादरीले सहजै जवाफ दिए, ‘सम्राट ! यहाँका जनता भगवानका भक्त होइनन्, सम्राटका भक्त हुन् ।

तपाईका कारणले धेरै मानिसहरू मण्डलीमा आउँछन्। आज सम्राट नआउने खबर फैलाइएको थियो । अब हेर्नुहोस भगवानका भक्त कति छन ? यी छ जना मात्र भगवानका असलि भक्त हुन् बाँकि अरू सबै आउँछन् तपाई लाई खुसी पार्न आउँछन ।

सम्राटले वास्तविक कुरा बुझे । कहिलेकाहीं हामी भ्रममा बाँचिरहेका हुन्छौं, जबकि वास्तविकता अर्कै हुन्छ । यसबाट बुझिन्छ कि जनता धर्मभन्दा पनि सरकार प्रमुखको चाकडिमा बढि लालयित हुन्छन् ।

प्रतिक्रिया