सोमबार, वैशाख ३१, २०८१

२०२३ को सबैभन्दा शक्तिशाली पासपोर्ट

नेपालखोज २०८० साउन १८ गते १६:०६

काठमाडौं । हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२३ का लागि राहदानी ( पासपोर्ट ) को र्याङ्किङ जारी गरेको छ । र्याङ्किङ अनुसार सिंगापुरको राहदानी सबैभन्दा शक्तिशाली मानिएको छ । हेरौं कुन देशको पासपोर्ट कति शक्तिशाली छ ?

सिंगापुरको पासपोर्ट संसारको सबैभन्दा शक्तिशाली पासपोर्ट हो । सिंगापुरको राहदानी धारकहरूले पूर्व भिसा बिना १९२ देशको यात्रा गर्न सक्छन् । यसको अर्थ सिंगापुरको पासपोर्ट भए पछि सोझै अनएरायवल भिषा पाइन्छ ।

यो वरियतामा जर्मनीको राहदानी दोस्रो स्थानमा छ । यो स्थानमा जर्मनीसँगै इटाली तथा स्पेन पनि छन् । यी राहदानी धारकहरूले पहिले भिसा नलिई सोझै १९० देशको यात्रा गर्न सक्छन् ।

युरोपेली देश अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, लक्जेम्बर्ग, स्वीडेन तथा एसियाली देश जापान र दक्षिण कोरिया तेस्रो स्थानमा छन् । यहाँका राहदानी धारकले पहिले भिसा नलगाई १८९ देशमा प्रवेश पाउँछन् ।

यो सुचिको चौथो नम्बरमा डेनमार्क, आयरल्याण्ड, नेदरल्यान्ड्स तथा युनाइटेड किंगडम छन् । यो राहदानि बाट १७८ देशमा अनएरायवल भिषा पाइन्छ ।

बेल्जियम, चेक रिपब्लिक, माल्टा, न्युजिल्यान्ड, नर्वे, पोर्चुगल तथा स्विजरल्याण्ड पाँचौं स्थानमा छन् । यहाँको राहदानीले १८७ देशमा भिसा फ्री यात्रा गर्ने अधिकार दिन्छ । अष्ट्रेलिया, हंगेरी र पोल्याण्डका राहदानी धारकहरूले पहिले भिसा नलिइ १८६ देशको भ्रमण गर्न सक्छन् ।

क्यानेडियन र ग्रीक पासपोर्टबाट १८५ देशमा भिसा-मुक्त यात्रा गर्न सकिन्छ । अमेरिका र लिथुआनियाको राहदानी हेन्ले सूचकांकको ८ नम्बरमा छन । यसैगरि लाटभिया, स्लोभाकिया र स्लोभेनियाका राहदानी धारकहरूले पहिले भिसा नलगाई १८३ देशमा प्रवेश पाउँछन् ।

प्रतिक्रिया