सोमबार, वैशाख २४, २०८१

‘बिमा कार्यक्रम सहर मात्र नभई गाउँ केन्द्रित गर्नुपर्छ’

नेपालखोज २०८० साउन १९ गते २०:२९

कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बिमा कार्यक्रमलाई सहर मात्र नभई गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा वीरेन्द्रनगरमा आज आयोजित ‘बिमासम्बन्धी पत्रकारसँगको अन्तरक्रिया’मा उनले बिमाको सेवा र पहुँच वृद्धि हुनेगरी प्राधिकरणअन्तर्गतका बीमा कम्पनीहरुले काम गर्नुपर्नेमा जोड दिए ।

प्राधिकरणले बिमा सेवा तथा कार्यक्रमको आवश्यकता र महत्त्वबारेमा जानकारी गराएकोप्रति कृतज्ञता प्रकट गर्दै मन्त्री सिंहले कर्णालीका सात सय १८ वटै पालिकामा सबैको पहुँच पुग्ने बीमाको अभियान थाल्न सुझाए । आवश्यक समस्या समाधानमा सरकारले सहजीकरण गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया