बिहीबार, जेठ ३, २०८१

बेलायतमा कोभिड भाइरसको नयाँ संस्करण

नेपालखोज २०८० साउन २० गते १०:२०

एजेन्सी । अहिले बेलायतमा कोभिड भाइरसको नयाँ संस्करण EG.5.1 ले हंगामा मच्चाएको छ । यो भेरियन्टको संक्रमण मानिसहरुमा निकै छिटो फैलिरहेको छ । इङ्गल्याण्डका स्वास्थ्य अधिकारीहरूका अनुसार EG.5.1 संस्करणको उत्पत्ति ओमिक्रोनबाट भएको हो ।

यो गत महिना बेलायतमा पहिलो पटक पत्ता लागेको थियो । त्यसयता हरेक दिन ठूलो संख्यामा नयाँ केसहरू रिपोर्ट भैरहेका छन् । युके हेल्थ सेक्युरिटी एजेन्सी (UKHSA) का अनुसार  EG.5.1 जसलाई एरिस ( Eris ) उपनाम दिइएको छ सात नयाँ कोभिड केस मध्ये एक को कारण बनिरहेको छ ।

अन्तर्राष्ट्रिय रूपमा विशेष गरी एसियामा कोरोनाको बढ्दो केसका कारण बेलायतमा संक्रमितहरुमा वृद्धि आएपछि जुलाई ३१ मा यसलाई नयाँ संस्करणका रूपमा वर्गीकृत गरिएको थियो।

जुलाईको सुरुमै आशंका 

युकेएचएसए का अनुसार EG.5.1 भेरियन्टको खतरा पहिलो पटक ३ जुलाई २०२३ मा होराइजन स्क्यानिङका क्रममा पत्ता लागेको थियो। त्यसबेलादेखि स्वास्थ्य एजेन्सीहरूले यो संस्करणको गतिविधिमा नजर राखिरहेका थिए । यो भेरियन्टका कारण एसियामा पनि कोरोना संक्रमणको गति बढेको छ भने युरोपेली देशहरुका लागि खतरा छ ।

डब्लुएचओको निगरानी

विश्व स्वास्थ्य संगठन (WHO) ले दुई हप्ता अघि देखि EG.5.1 भेरियन्ट ट्र्याक गर्न थालेको हो । त्यसपछि डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भ्याक्सिन र पूर्व-संक्रमणबाट मानिसहरू सुरक्षित भए पनि देशहरूले आफ्नो सतर्कता कम गर्नु हुँदैन भनेका छन् । कोरोनाको यो नयाँ संस्करण गम्भीर छ भन्ने कुनै सङ्केत पाइएको छैन तर युकेएचएसएको तथ्यांकले यो अहिले बढ्दै गएको देखाउँछ । बेलायतका सबै कोभिड-१९ केसमध्ये १४.६ प्रतिशत यो नयाँ भेरियन्ट रहेको पाइन्छ ।

बेलायतले के भन्यो ?

युकेएचएसएकी खोप प्रमुख डा . मेरी रामसे भन्छिन – हामीले यो हप्ता कोभिड १९ का मामिलामा वृद्धि भएको देखेकाछौं । हामीले सबै जसो उमेर समूहमा विशेष गरी वृद्धहरूमा अस्पताल भर्ना दर बढेको पाएकाछौं । यद्यपि यो संस्करणका कारण अस्पताल भर्ना हुने दर धेरै कम छ । हामीले अहिले आईसीयूमा बिरामीको भीड देखिरहेका छैनौं तै पनि हामी यो संस्करणलाई नजिकबाट अनुगमन गर्ने काम जारी राख्नेछौं ।

प्रतिक्रिया