शनिबार, वैशाख २२, २०८१

बालबालिकालाई दण्डसजाय दएिर हुर्काउने त हाम्रो परम्परा नै हो

नेपालखोज २०८० साउन २१ गते ८:२७

विगतमा बालमनोविज्ञान र बालविकासको ज्ञानको कमीको कारण दण्डसजायले अनुशासन कायम हुन्छ भन्ने गलत बुझाइ स्थापित भयो। हामीले विज्ञान र प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा धेरै परिवर्तन अवलम्बन गरिसकेका छौं ।

सोही विज्ञानको एउटा हाँगाले दण्डसजायले अनुशासन कायम हुँदैन र बालबालिकालाई झन् हानी गर्छ भन्ने सन्देश दिन्छ भने हामीले हाम्रो बुझाई र व्यवहारलाई रूपान्तरण गर्नु अपरिहार्य छ ।

कुनै व्यक्तिको मानवअधिकार हनन हुने गरी कसैको परम्परालाई निरन्तरता दिने कुरा स्वीकार्य हुन सक्दैन। संसारको सबै धर्मले बालबालिकालाई माया र स्नेह दिनु पर्ने सन्देश दिन्छ ।

बालबालिका उपर हिंसा गर्ने कार्यलाई कुनै पनि धर्मले समर्थन गर्दैन। बालबालिकालाई सजाय दएिर हुर्काउने समाजका बालबालिका सफल भएका छन् वा सकारात्मक माध्यमबाट हुर्काउने समाजका बालबालिका अगाडि छन् भन्ने तुलना गरयिो भने पक्कै पनि सफलताका धेरै र राम्रा उदाहरणहरू हिंसा नगर्ने समाजबाट पाउन सकिन्छ ।

युनिसेफ नेपाल

प्रतिक्रिया