सोमबार, वैशाख २४, २०८१

मालपोत कार्यालय जुम्लाले गर्‍याे एक करोड ८१ लाख राजस्व सङ्कलन

नेपालखोज २०८० साउन २२ गते १५:१६

जुम्ला । जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ।

कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ ९२ लाख ९३ हजार आठ सय ५५, जग्गा रोक्कातर्फ १८ लाख ७६ हजार ९८५, पुँजीकर लाभकरतर्फ ६४ लाख छ हजार पाँच सय ९८ र विविध शीर्षक अन्तर्गत पाँच लाख ७३ हजार चार सय ४० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले जानकारी दिए।

राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्कालगायतका शीर्षकबाट यहाँका सात गाउँपालिका र एक नगरपालिकाबाट नौ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको उनको भनाइ छ । आव २०७८/७९/२०७९/८० मा लक्षित वर्गका लागि २२ लाख ६१ हजार २८१ राजस्व छुट गरिएको छ ।

नगरपालिकाका लागि २५ प्रतिशत र गाउँपालिकाका लक्षित वर्गलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया