सातै प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे र राति यी प्रदेशमा छ भारी वर्षाकाे सम्भावना

नेपालखोज २०८० साउन २३ गते ६:१७

काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाकाका अनुसार नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणाली (Low Pressure Area)को प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough)  सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको विभागले उल्लेख गरेकाे छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएकाे छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको तथा मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएकाे छ । आज राति कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै मधेश, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया