नन् अल्कोहोलिक फ्याटी लिभरको समस्या !

नेपालखोज २०८० साउन २३ गते १०:२२

पेट दुख्ने होस् वा ग्यासको समस्या होस्, हामी यसलाई हल्का रूपमा लिन्छौं । पेटमा अलिकति गडबड हुनु पनि कलेजो बिग्रिएको संकेत हुन सक्छ। कलेजोको विफलता फ्याटी लिभरबाट सुरु हुन्छ ।

अहिले यो समस्या रक्सी नपिउनेहरुलाई पनि हुने गरेको छ । जसलाई नन अल्कोहोलिक फ्याटी लिभर भनिन्छ । यसको प्रारम्भिक लक्षण पेटको दाहिने छेउमा दुख्नु हो ।

यस बाहेक शरीरमा यस्ता ३ लक्षण देखिन्छन् जुन कलेजो फेल हुनुको सुरुवात हुनसक्छ । यदि तपाइँ पनि यो समस्याको सामना गर्दै हुनुहुन्छ भने, यसलाई पहिचान गरि र तुरुन्तै उपचार सुरु गर्नुपर्छ । हेरौं कलेजोको रोग लागे पहिलो पटक देखिने तीन लक्षण के के हुन् ?

यी लक्षणहरूलाई बेवास्ता नगर्नुहोस् :

यदि तौल अचानक घट्दै छ र पेटमा दुखाइ छ भने यो फ्याटी लिभरको प्रारम्भिक लक्षण हुन सक्छ । यस्तो अवस्थामा तुरुन्तै उपचार सुरु गर्नुपर्छ ।

जन्डिस – जन्डिस कलेजो रोगको सबैभन्दा महत्त्वपूर्ण लक्षण हो । यदि आँखा , नङ आदि पहेलो हुँदै गएको छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

छाला चिलाउनु – छाला चार दिनभन्दा बढी समय देखि चिलाउनु पनि कलेजो रोगको लक्षण हुन सक्छ। यसलाई बेवास्ता गर्नु हुँदैन ।

यसरी नियन्त्रण गर्नुहोस् :

डाक्टरहरुका अनुसार कलेजो रोगको उपचार बिरामीको अवस्था अनुसार गर्नुपर्छ । यदि कसैलाई पहिले देखि मधुमेह वा हृदय रोग छ भने डाक्टरले यसको लागि अन्य औषधि पनि दिन्छन् । यद्यपि केही कुरामा ध्यान दिएर कलेजो रोगबाट सजिलै जोगिन सकिन्छ ।

यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा खानपानमा ध्यान दिनु हो । यदि आफ्नो खानामा पीठो, नुन र चिनीको मात्रा कम छ भने कलेजो रोगबाट धेरै हदसम्म बच्न सकिन्छ । यसका साथै दैनिक केही न केही एक्सरसाइज गर्नु पनि आवश्यक छ, व्यायामले तौलको सन्तुलन कायम राख्छ ।

प्रतिक्रिया