काठमाडौं उपत्यकाका नदी र खोलामा बाढी, बिहान ११ बजेसम्म सतर्कता अपनाउनू
नेपालखोज
२०८० साउन २३ गते ७:५३

काठमाडाैं । काठमाडौं उपत्यकाका नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
बाढी पूर्वानुमान महाशाखाले विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको पुगेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन भनेकाे छ ।
सम्बन्धित

प्रतिक्रिया