घट्यो सुनचाँदीको मूल्य

नेपालखोज २०८० साउन २३ गते ११:२८

काठमाडौं । नेपाल सुनचाँदी महासंघले लगातार सुनको मूल्य घटेको जानकारी दिएको छ ।

हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यस्तै, आज ३०० रुपैयाँले घटेर कारोबारमा आएको महासंघले जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया